Thursday, June 17, 2021
घरBanner Newsटिप्परको ठक्करबाट प्राध्यापकको मृत्यु

टिप्परको ठक्करबाट प्राध्यापकको मृत्यु

बुटवल :टिप्परको ठक्करबाट बुटवलमा एकजना प्राध्यापकको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल धागो कारखाना नजिकै लु २ ख २२२५ नम्बरको टिप्परले ठक्कर दिँदा लु २२ प ४९७९ नंं.को मोटरसाइकलमा सवार डोलराज अर्यालको मृत्यु भएको हो ।

बुटवलबाट देवदहतर्फ जाँदै गर्दा विपरित दिशाबाट आइरहेको टिप्परले ठक्कर दिएपछि अन्दाजी ५० वर्षीय प्राध्यापक अर्याल गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सोमबार राति ८ बजेतिर मृत्यु भएको ५ नंं. प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ देवदह घर भएका अर्याल बुटवल बहुमुखी क्याम्पस र सिद्धार्थ गौतमबुद्ध क्याम्पस बुटवलका स्वास्थ्य विषयका प्राध्यापक थिए ।ठक्कर दिने टिप्परलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments