Tuesday, October 26, 2021
घरBanner Newsआगलागीमा २० लाखभन्दा बढीको क्षति

आगलागीमा २० लाखभन्दा बढीको क्षति

इनरुवा: सुनसरीको हरिनगर गाउँपालिका–४ मा गए राति भएको आगलागीमा रु २० लाखभन्दा बढीको क्षति भएको छ । स्थानीय विजय जैनको घरमा विद्युत चुहिएर भएको आगलागीमा रु २० लाखभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आगलागीमा परी मुख्य बजारमा रहेको जैनको दुईतले किराना र लुगा पसल, घर र घरभित्र रहेको विभिन्न सामग्री जलेर पूर्ण रुपमा नष्ट हुँदा सो बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फँुयालले जानकारी दिए।

दमकल ढिलो पुगेका कारण आगलागीमा बढी क्षति भएको हरिनगर गाउँपालिकाकी उपाध्यक्ष रिमझिमकुमारी भगतले बताए। हरिनगर गाउँपालिकामा दमकल नभएको र इनरुवाबाट दमकल आउन ढिलो भएका कारण समयमा आगो नियन्त्रणमा लिन नसक्दा बढी क्षति भएको हरिनगर गाउँपालिकाकी उपाध्यक्ष भगतले बताउनुभयो । घरमा आगलागी भएपछि जैन परिवार चिन्तित भएका छन् । कमाइ गरेर खाने एक मात्र साधनको रुपमा रहेको पसल पनि आगलागीमा परेर खरानी भएपछि पीडित परिवार चिन्तित छन् । स्थानीयवासी, प्रहरी, इनरुवा दुहबी नगरपालिका र इटहरी उपमहानगरपालिकाबाट आएको बरुण यन्त्रले आगो नियन्त्रणमा लिएको थियो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments