Friday, July 30, 2021
घरBanner Newsबलात्कारको आरोपमा तामाङ पक्राउ

बलात्कारको आरोपमा तामाङ पक्राउ

भद्रपुर: झापा कमल गाउँपालिका–२ समयगढमा २० वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीयवासी ४२ वर्षीय शम्शेर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घर नजिकैको मकैबारीमा लगेर मङ्गलबार राति ८ बजे जबर्जस्ती करणी गरेको युवतीका बुबाले दिएको उजुरीका आधारमा प्रहरीले तामाङलाई प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । तामाङलाई इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखेर अनुसन्धान भइरहेको पनि उहाँले बताए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments