Saturday, January 22, 2022
घरBanner Newsकाङ्ग्रेस नेता सिटौला डिस्चार्ज

काङ्ग्रेस नेता सिटौला डिस्चार्ज

काठमाडौँ: पूर्व उपप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका पुर्व महामन्त्री कृष्णप्रसाद सिटौला अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । काठमाडौँको ह्याम्स अस्पतालमा पाँच दिनको उपचारपछि नेता सिटौला आज घर फर्कनुभएको उहाँका सहयोगी प्रेम भट्टराईले जानकारी दिए । शुुक्रबार साँझ अचानक स्वास्थ्यमा गडबडी भएपछि उहाँ अस्पताल भर्ना भएका थिए।

उहाँको रगतमा हेमोग्लोबिनको मात्रा कम देखिएको र रक्तचाप समेत घटेकाले सघन उपचार कक्ष (आइसियु)मा राखेर उपचार गरिएको थियो । नेता सिटौलालाई रगतको मात्रा बढाउन शुक्रबार र शनिबार रगतसमेत दिइएको थियो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments