Tuesday, June 15, 2021
घरBanner Newsदुई किशोरीद्वारा आत्महत्या

दुई किशोरीद्वारा आत्महत्या

गौशाला: महोत्तरी जिल्लामा शनिबार दुई किशोरीले झुण्डिएर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार जिल्लाको सम्सी गाउँपालिका–४ सलेवर यादवकी छोरी १३ वर्षीया साङ्ग्रिला यादव र बर्दिबास नगरपालिका–९ बस्ने सुरेन्द्र महतोकी छोरी १३ वर्षीया कञ्चनकुमारी महतोले आत्महत्या गरेका छन् ।

साङ्ग्रिलाले आफ्नै सुत्ने कोठामा रहेको पङ्खामा र कञ्चनले घरभन्दा २०० मिटर पर रहेको आँपको रुखमा सलको पासो लगाई झुण्डिएर आत्महत्या गरेको प्रहरी उपरीक्षक कार्कीले बताए। दुई किशोरी एकै दिन किन, के–कति कारणले झुण्डिएर आत्महत्या गरे भन्नेबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ भने दुवै किशोरीको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको जनाइएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments