Thursday, September 23, 2021
घरBanner Newsवोलेरोको ठक्करबाट एकको मृत्यु

वोलेरोको ठक्करबाट एकको मृत्यु

चितवन: पूर्वीचितवनको भण्डाराबाट नारायणगढतर्फ आउँदै गरेको बोलेरोले निपनी चोकमा आज विहान ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१० कैलाशटोलका १६ वर्षीय वसन्त थापा रहेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

ना ४ च ५००७ नम्बरको बोलेरोले रत्ननगर नगरपालिका–१० निपनी चोकमा दिएको ठक्करबाट गम्भीर घाइते भएका थापाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । थापालाई ठक्कर दिने वोलेरो र चालक ईलाका प्रहरी कार्यालय रत्ननगरको नियन्त्रणमा रहेको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments