Wednesday, September 22, 2021
घरBanner Newsमहोत्तरीमा सयभन्दा बढी कुष्ठरोगी

महोत्तरीमा सयभन्दा बढी कुष्ठरोगी

गौशाला: महोत्तरी जिल्लामा १३३ जना कुष्ठरोगी रहेको खुलासा भएको छ । जिल्ला स्वास्थ्य कार्यालय अधिकृत विनोद झाका अनुसार १० नगरपालिका तथा पाँच गाउँपालिका रहेको महोत्तरी जिल्लामा १३३ जना कुष्ठरोगी रहेको वताएका छन् । उहाँले जिल्लाको १३३ जना कुष्ठरोगीमध्ये ७४ जनामा बढी सर्ने कीटाणुको सङ्क्रमण रहेको तथा ५९ जनामा कम सर्ने कीटाणुको सङ्क्रमण रहेको बताए । उहाँले जिल्लाको १० नगरपालिका र पाँच गाउँपालिकामध्ये सबैभन्दा बढी बिरामी जिल्लाको बलवा नगरपालिकामा र सबैभन्दा कम बिरामी जिल्लाको बर्दिवास नगरपालिका र सम्सी गाउँपालिकामा रहेको बताए ।

उहाँका अनुसार बलवा नगरपालिकामा प्रति १० हजारमा पाँचजना कुष्ठरोगी रहेको तथा बदिवास नगरपालिका र सम्सी गाउँपालिकामा समान रुपले प्रति १० हजारमा शून्य दशमलव तीनजना कुष्ठरोगी रहेका छन् । अधिकृत झाका अनुसार जिल्लामा प्रत्येक एक लाखमा २७ जना कुष्ठरोगीमध्ये महिला लगभग ४९ प्रतिशत, बालबालिका १२ प्रतिशत र अङ्गभङ्ग भएका कुष्ठरोगी १२ प्रतिशत रहेका छन् । जिल्लामा कुष्ठरोगको भयावह अवस्था हेरेर यही चैतमा जिल्लाको मनरा सिस्वा नगरपालिका र एकडारा गाउँपालिकाले कुष्ठरोगी खोजी अभियान चलाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments