Tuesday, November 30, 2021
घरBanner Newsउद्धारमा ढिलाइ, आमाको ज्यान बच्यो, शिशुको मृत्यु

उद्धारमा ढिलाइ, आमाको ज्यान बच्यो, शिशुको मृत्यु

हुम्ला: तीन दिनदेखि सुत्केरी व्यथा लागेकी महिलाले शिशु बच्चा जन्माउन नसक्दा आज बिहान उहाँको उद्धार गरिएको छ । कर्णाली प्रदेश सरकारले हेलिकप्टर पठाएर ती महिलाको उद्धार गरेको हो । उद्धारमा भएको ढिलाईका कारण स्वास्थ्यकर्मीले आमाको ज्यान बचाउन सफल भएपनि शिशुलाई बचाउन नसकिएको जिल्ला अस्पतालका अनमी सरिता बोहराले बताए ।

हुम्लाको दक्षिण क्षेत्रस्थित सर्केगाड गाउँपालिका–८ राहदेवका ३० वर्षीय ढली बुढालाई तीन दिनदेखि सुत्केरी व्यथा लागेको थियो । बुधबार राति शिशुको एउटा हातमात्र वाहिर निस्किए पनि उहाँले शिशु जन्माउन सकिएन । आज बिहान मात्र हेलिकप्टरबाट उनको उद्धार गरेर १० बजे जिल्ला अस्पतालमा पुर्याएका थिए । तर ढिलो भइसकेका कारण आमाको ज्यान बचाउन सफल भएपनि शिशुलाई बचाउन नसकेको जिल्ला अस्पतालका अनमी बोहराले बताए ।

हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग नजोडिएकाले ग्रामीण बस्तीका गर्भवतीले बच्चा जन्माउन नसक्दा आमा र शिशुको मृत्युदर यहाँ बढ्दो छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments