Tuesday, July 27, 2021
घरBanner Newsभारत-पाकिस्तान वार्ताको प्रयास

भारत-पाकिस्तान वार्ताको प्रयास

इस्लामाबाद: जर्मनका विदेशमन्त्री हेइको मासले भारत र पाकिस्तानका बीचमा वार्ताको वातावरण बनाउन प्रयास गर्ने बताउनुभएको छ । पछिल्लो समयमा उत्पन्न भएको दुई देशबीचको तनाव न्यूनीकरण गर्दै नयाँ दिल्ली र इस्लामाबादलाई एउटै टेबुलमा ल्याउने प्रयास गर्ने उहाँले मङ्गलबार बताउनुभयो ।

इस्लामाबादमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “भारत र पाकिस्तानको पछिल्लो तनावपूर्ण अवस्थाका बारेमा मलाई चासो लागेको छ, मैले यसलाई न्यूनीकरण गराउने प्रयास गर्नेछु ।” उहाँले वार्ताबाटै समस्या समाधानको बाटोमा दुवै देश आउने विश्वास पनि व्यक्त गर्नुभएको समाचारमा जनाइएको छ ।

दुईदिने भ्रमणका लागि उहाँ मङ्गलबार इस्लामाबाद आइपुग्नु भएको हो । भारत प्रशासित काश्मिरको पुलवामामा गत फेब्रुअरी १४ तारिखका दिन भएको आतङ्कवादी हमलामा परी ४० जना भारतीय सुरक्षाकर्मी मारिएपछि दुई देशबीच फेरी तनाव बढेको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments