Monday, June 21, 2021
घरविश्वजम्मु काश्मिरमा तीन जना लडाकू मारिए

जम्मु काश्मिरमा तीन जना लडाकू मारिए

ट्राल, जम्मु काश्मिर: सुरक्षा फौजको कारबाहीमा आइतबार पुलवामा जिल्लाको ट्राल नगरमा तीन जना काश्मिरी पृथकतावादी लडाकूहरु मारिएका छन् ।

घटनास्थलबाट दुई वटा एके–४७ राइफल र एउटा पिस्तोल बरामद भएको छ । खोजी कार्य जारी रहेको सेनाले जनाएको छ । आतङ्कवादी कृयाकलापमा संलग्न व्यक्तिहरु रहेको आशंकामा सेनाले घेरा हाली खानतलासी शुरु गरेपछि केही समय भिडन्त भएको अधिकारीहरुले बताएका छन् ।

गत मार्च ७ तारिखमा पनि सुरक्षा फौजको कारबाहीमा एक जना लडाकू हन्दवारामा मारिएका थिए । राज्य प्रहरीका अनुसार मारिएका उक्त व्यक्ति पाकिस्तानी नागरिक रहेका र प्रतिबन्धित संगठन जैस–ए–मोहम्मदसँग आबद्ध रहेका थिए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments