Wednesday, June 16, 2021
घरBanner Newsसरकार र सीके राउतबीच ११ बुँदे सहमति

सरकार र सीके राउतबीच ११ बुँदे सहमति

काठमाडौं:  सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति भएको छ । छुटै मधेस’ हुनुपर्ने भन्दै पृथकतावादी गतिविधि गरिरहेका डा सिके राउतसँग सरकारले ११ बुँदे राजनीतिक सहमति गरेको हो ।

राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा बादल र राउतले हस्ताक्षर गरेका छन् ।कार्यकर्तामाथि लागेको राजनीतिक मुद्दा फिर्ता लगायतका बुँदा सहमतिमा समेटिएका छन् । सहमतिको बुँदामा मुलुकको अखण्डता स्वीकार गर्ने भनिएको छ ।

राउत लामो समयदेखि मधेसलाई नेपालबाट छुट्याउनुपर्ने अभियानमा थिए। मधेसलाई राज्यले दमन गरेको भन्दै उनले मधेसमा छुट्टै सेना हुनुपर्ने समेत बताउँदै आएका थिए।

मुलुकको स्वाधीनता स्वीकार्ने, लोकतान्त्रिक प्रक्रियाबाट समस्या समाधान गर्ने, सरकारले सिके राउतको संगठनको मुद्दा फिर्ता लिने, विखण्डनवादी क्रियाकलाप रोक्ने, संविधानको भावनाअनुसार राजनीतिक मूलधारमा आउने लगायतका ११ बुँदामा सहमति भएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments