Tuesday, May 17, 2022
घरBanner Newsलैङ्गिक समानताले महिला गौरवान्वित

लैङ्गिक समानताले महिला गौरवान्वित

काठमाडौँ: प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुम्बाहाम्फे र राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले १०९ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा देश विदेशमा बस्ने नेपाली महिलालाई शुभकामना  दिएका छन् । आज उपसभामुख डा तुम्बाहाम्फे र उपाध्यक्ष दाहालले छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै आम नारीको सुख, समृद्धि र प्रगतिको कामना गरेका छन् ।

उपसभामुख डा तुम्बाहाम्फेले राजनीतिक आन्दोलनबाट अन्तर्राष्ट्रिय महिला दिवस मनाउन शुरु गरिएता पनि हाल आएर यस दिनमा महिला अधिकार, सशक्तीकरण र समानताका सवालमा पनि बहस हुनथालेको बताएका छन् । सामाजिक, आर्थिक कारणले विश्वमा महिलामाथि हुने उत्पीडन फरक भए पनि अझै पनि धेरै समस्या साझा छन् । राजनीतिक अधिकारदेखि महिलामाथि हुने हिंसाका घटनाको प्रवृत्ति उस्तै छ । तर, विश्व मञ्चमा ढिलै भए पनि पछिल्लो दशक महिलालाई अधिकार सम्पन्न बनाउन र राजनीतिक अधिकार प्राप्तिमा भने नेपालमा उल्लेख्य प्रगति भएको छ”, शुभकामना सन्देशमा उहाँले भनेका छन्।

संविधानले सुनिश्चित गरेको अंशीय वंशीय अधिकार व्यवहारमा कार्यान्वयन गर्न अहिले भइरहेका प्रयासमा आम महिलाको चासो सकारात्मक रहेको उहाँको भनाइ छ ।
यस्तै राष्ट्रियसभाका उपाध्यक्ष दाहालले नेपालको संविधानले महिलाको हकलाई मौलिक हकको रुपमा स्थापित गरेको स्मरण गर्दै सबै किसिमको विभेद अन्त्य गर्दै समानुपातिक, समावेशी र समतामूलक समाज निर्माण गर्ने सङ्कल्प लिएको बताएका छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments