Wednesday, June 16, 2021
घरBanner Newsशनिवारदेखि जिल्ला दौडाहमा निस्कदै रामचन्द्र

शनिवारदेखि जिल्ला दौडाहमा निस्कदै रामचन्द्र

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल शनिवारदेखि प्रदेश नम्बर ४ र ५ का विभिन्न जिल्ला दौडाहामा निस्कने हुनुभएको छ । पौडेलको शनिवार जिल्ला दौडाहामा निस्केर चैत्र १ गते काठमाडौं फर्कने कार्यक्रम रहेको छ । पौडेल चार नम्बर प्रदेशका म्याग्दी, बाग्लुङ, कास्कीमा पार्टीका विभिन्न कार्यक्रमलाई सहभागि हुनुहुनेछ भने पाँ नम्बर प्रदेशका पश्चिम नवलपरासी, अर्धाखाँची र कपिलबस्तुमा पार्टीका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो ।

२०७५ फागुन २५ गते
१. विहान पोखरा हुँदै म्याग्दी प्रस्थान ।
२. नेपाली कांग्रेस जिल्ला कार्यसमिति म्याग्दीको भवनको उद्घाटन कार्यक्रम सभालाई सम्बोधन ।

२०७५ फागुन २६ गते

१. वाग्लुङ्गको वेनीबाट पर्वतको जलजला गाउँपालिकाको मिलनचोक प्रस्थान ।
२. नेपाली कांग्रेस जलजला गाउँ कार्यसमितिको भवनको शिलन्याश कार्यक्रममा सहभागी ।
३. नेपाली कांग्रेस जिल्ला कार्यसमिति कास्कीको आयोजनामा नवनिर्वाचित प्रेस यूनियनका पदाधिकारी तथा सदस्यहरुसँग भेटघाट ।

२०७५ फागुन २७ गते
१. नेपाली कांग्रेस जिल्ला कार्यसमिति परासीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन ।

२०७५ फागुन २८ गते
१.सितगंगा नगरपालिका ढाडावासमा ज्योति बहुमुखि क्याम्पसको धार्मिक महोत्सवलाई सम्बोधन ।
२ सन्धीखर्क न.पा. वडा नं. ६ नरपानी मा वी.पी. पार्क शिल्यान्यास र वडा कार्यालय भवन शिल्यानाश ।
३. सन्धीखर्कमा पत्रकार सम्मेलन

२०७५ फागुन २९ गते
१. महिला संघ अर्घाखाँचीको भेटघाट कार्यक्रमलाई सम्बोधन ।
२. छत्रदेव गा.पा. वडा नं. ४ मा शहिद रामहरी ज्ञवाली, शहिद शिवलाल पोखरेल, शहिद पदम लोचन श्रेष्ठको सालिक अनवरण त्यस पछि शहिद रा.शि.प. स्मृति भवन उद्घाटन ।
३. आसभालाई सम्बोधन ।

२०७५ फागुन ३० गते
१. नेपाल महिला संघ कपिलवस्तुको आयोजनामा हुने आमसभालाई सम्बोधन

२०७५ चैत्र १ गते
१. कपिलवस्तुका विभिन्न स्थानहरुमा कार्यकर्ता भेलालाई सम्बोधन । सोही काठमाडौं फर्कनुहुने ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments