Tuesday, November 30, 2021
घरBanner Newsसांस्कृतिक विविधता नेपालको पहिचान : प्रम ओली

सांस्कृतिक विविधता नेपालको पहिचान : प्रम ओली

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक विविधता नेपालीको पहिचान भएको वताएका छन् । ग्याल्बो ल्होसारको उपलक्ष्यमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन् ।

प्रधानमन्त्री ओलीले नेपालको भूगोलमा १२५ जाति र १२३ भाषा बोल्ने मानिसको बसोबास हुनु आफैँमा गौरवको विषय भएको उल्लेख गरे । “नेपाल आफैँमा एउटा सङ्ग्रहालय हो । यस भूगोलमा यति धेरै सांस्कृतिक विविधता छ, जो अन्यत्र पाइँदैन”, प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ, “यी विविधतालाई संरक्षण गर्न सरकार सधैँ सकारात्मक छ ।” प्रधानमन्त्री ओलीले ग्याल्बो ल्होसार मनाउने सबै समुदायलाई सुख, शान्ति र उत्तरोत्तर प्रगतिको कामना पनि गरेका छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments