Wednesday, June 16, 2021
घरBanner Newsपाकिस्तान-भारतबीचको रेल सेवा पुनः सुरु

पाकिस्तान-भारतबीचको रेल सेवा पुनः सुरु

इस्लामाबाद: भारत र पाकिस्तानबीचको विवादका कारण केही दिन अवरुद्ध भएको दुई देश बीचको रेल सेवा सोमबारदेखि फेरी सुरु भएको छ । दुई देशबीचको महत्वपूर्ण सेवाको रूपमा रहेको सम्झौता एक्सप्रेसको सेवा सुरु भएको अधिकारीहरूले जानकारी दिएका हुन् ।

पछिल्लो दुई देशीय तनावपछि पाकिस्तानको लाहोरदेखि भारतको नयाँ दिल्लीसम्मको रेल सेवा अवरुद्ध भएको थियो । “सम्झौता एक्सप्रेसको रेल स्थानीय समय अनुसार सोमबार विहान ११.३० बजे अत्तारी रेल स्टेशन पुगेको थियो,” एक जना भारतीय अधिकारीले बताए ।

पाकिस्तानी सञ्चार माध्यमहरुले पाकिस्तानको लाहोरबाट भारत तर्फ प्रस्थान गरेको सो रेलमा १५० जना यात्रु रहेको सोमबार जनाएका छन् । भारत प्रशासित काश्मिरको पुलवामामा फेब्रुवरी १४ मा भएको आतंकवादी हमलामा ४० जना भारतीय सुरक्षाकर्मी मारिएपछि दुई देशबीच तनाव बढेसँगै रेल सेवा अवरुद्ध भएको थियो ।

सामान्यतया सोमबार र बिहिबार दुई देशबीचमा रेल सेवा संचालन हुदै आएको थियो । पाकिस्तानको विदेश मन्त्रालयले गत फेब्रुअरी २८ मा दुई देशीय रेल सेवा सञ्चालन नगर्ने घोषणा गरेको थियो । तर भारतको राजधानी नयाँदिल्लीदेखि पाकिस्तानको पन्जाब प्रदेशको राजधानी लाहोरसम्मको अन्तरदेशीय बस सेवा भने रोकिएको थिएन ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments