Thursday, June 17, 2021
घरBanner Newsटुँडिखेलको श्रद्धाञ्जली सभा स्थगित, शुक्रबार बिहान श्रद्धान्जली सभा हुने

टुँडिखेलको श्रद्धाञ्जली सभा स्थगित, शुक्रबार बिहान श्रद्धान्जली सभा हुने

काठमाडौंः पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहितको शवको पोस्टमार्टम हुन समय लाग्नेभएपछि आज हुनेभनिएको श्रद्धान्जली सभा स्थगित भएको छ । शव आज अस्पतालमै राखिनेछ भने शुत्रबार बिहान ८ बजेमात्र श्रद्धान्जली सभा हुने बताइएको छ । टुँडिखेलमा आज बिहान देखि नै श्रद्धान्जलीका आवश्यक तयारी गरिसकेको भएपनि पोस्टमार्टम गर्न समय लाग्ने चिकित्सकले बताएपछि स्थगित भएको हो ।

शव पहिचान हुन नसक्दा पोस्टमार्टम रोकिएको शिक्षण अस्पतालका फरेन्सिक डाक्टर मणि महर्जनले जानकारी दिए। पोस्टमार्टम हुन नसकेपछि अन्तिम श्रद्धाञ्जलीको कार्यक्रम पनि रोकिएको छ।

पोष्टमार्टम नभएपछि आज ३ बजेदेखि शुरु हुने भनिएको श्रद्धाञ्जली कार्यक्रम सरेको छ। नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का महासचिव विष्णु पौडेलले श्रद्धाञ्जली कार्यक्रम भोलि बिहान ८ देखि ११ बजे सम्मका लागि सारिएको जानकारी दिए।

पोस्टमार्टमपछि टुँडिखेलस्थित सैनिक मञ्चमा श्रद्धाञ्जलीका लागि राष्ट्रपति विद्यादेवी भण्डारी पुग्ने कार्यक्रम तय भइसकेको थियो। बुधवार ताप्लेजुङको फुङलिङस्थित सिस्ने भिरमा हेलिकप्टर दुर्घटना हुँदा मन्त्री अधिकारी, पर्यटन व्यवसायी आङछिरिङ शेर्पासहित सात जनाको निधन भएको थियो। सातै जनाको शव आज दिउँसो सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो।

दुर्घटनामा परी नेपाल मन्त्री अधिकारी, व्यवसायी शेर्पासहित नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्रीे कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका चालक प्रभाकर केसी र मन्त्रीका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरेको निधन भएको थियो।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments