Tuesday, September 21, 2021
घरBanner Newsहेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित सातजनाको मृत्यु

हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित सातजनाको मृत्यु

ताप्लेजुङ : ताप्लेजुङमा बुधबार भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित सातैजनाको मृत्यु भएको छ ।

ताप्लेजुङको लिङखिम र फुरुम्बु गाउँपालिकाको बीच भागमा अवस्थित सिस्ने खोलामा हेलिकप्टर दुर्घटनामा परेको हो । संघीय प्रहरी इकाइ धरानका एसएसपी शरद खत्रीका अनुसार दुर्घटनामा परेका सबै सातजनाकै निधन भएको हो । ‘घटनास्थलमा सबै सातजनाको शव भेटिएको छ’, उनले भने, ‘दुर्घटनास्थलमा प्रहरीको टोली पुगिसकेको छ ।’

क्याप्टेन प्रभाकर केसीले चलाएको एयर डाइनेस्टीको एमआई एयरबस हेलिकप्टर मन्त्री अधिकारीसहित ७  जना यात्रुलाई लिएर तेह्रथुमको चुहानडाँडास्थित निर्माणाधीन एयरपोर्ट अवलोकनपछि ताप्लेजुङतर्फ लागेको थियो ।

दुर्घटनामा ज्यान गुमाउनेहरु

रविन्द्र अधिकारी : मन्त्री संस्कृति पर्यटन तथा नागरिक उड्ययन

आङछिरिङ शेर्पा : अध्यक्ष यति एयरलाइन्स

वीरेन्द्रप्रसाद श्रेष्ठ उपमहानिर्देशक : नेपाल नागरिक उड्ययन प्राधिकरण

अर्जुनकुमार घिमिरे : मन्त्री अधिकारीका पिएसो

युवराज दाहाल : प्रधानमन्त्री कार्यालयका सल्लाहकार

धुब्रदास भोछिभया : इन्जिनियर नेपाल नागरिक उड्न प्राधिकरण

प्रभाकर केसी : हेलिकप्टर क्याप्टेन

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments