Sunday, August 1, 2021
घरBanner Newsपंजावी गीत संगीतले गुन्जियो प्रज्ञाभवन

पंजावी गीत संगीतले गुन्जियो प्रज्ञाभवन

काठमाण्डौ, अलगधार :भारतको पंजावबाट आएका कलाकारको टोलीले मंगलवार साँझ नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रमले यहाँ उपस्थित दर्शकलाई मन्त्रमुध्द बनायो । पंजावी गीत संगितका बारेमा थोरै मात्र थाहा पाएका नेपाली दर्शक यो कार्यक्रम मार्फत अन्य धेरै विषयका बारेमा पनि थाहा पाए । फेष्टिवल अफ इन्डिया इन नेपाल नाम दिएर आयोजना गरिएको कार्यक्रममा कलाकारहरुले पंजावी भङगडा, डान्डेसा लगायतका नृत्यका साथै पंजावको स्थानिय गीतहरु पनि प्रस्तुत गरेका थिए । काठमाण्डौ स्थित भारतीय दुतावास र भारतको संस्कृती मन्त्रालयको आयोजनामा सो कार्यक्रम संचालन भएको थियो । भौतिक योजना तथा निर्माण मन्त्री रघुविर महासेठले सो कार्यक्रमको उदघाटन गरेका थिए । भारतीय राजदुत मंन्जिव सिंह पुरीले सिख राजदुत भएको बेलामा पंजावको कला र संस्कृतीलाई नेपाली माझ प्रस्तुत गर्न पाउदा आफु खुशी भएको बताए । कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तित्व, विभिन्न विद्यालयका विद्यार्थीहरु लगायत नेपालको गीत संगिक्षेत्रका विशिष्ट ब्यक्तित्वहरुको पनि उपस्थिति थियो ।

 

 

 

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments