Wednesday, July 28, 2021
घरखेलकुदपाँचौँ महिला साफ फूटबल प्रतियोगिता

पाँचौँ महिला साफ फूटबल प्रतियोगिता

विराटनगर, : दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ) र अखिल नेपाल फुटबल सङ्घद्वारा संयुक्त रुपमा आयोजना हुने पाँचौं महिला साफ फूटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । विराटनगरमा फागुन २८ देखि चैत ८ गतेसम्म हुने सो प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश, भुटान, श्रीलङ्का र मादिभ्सको सहभागिता रहनेछ । स्थानीय शहीद रङ्गशालामा हुने प्रतियोगिताको तयारी अन्तिम अवस्थामा पुगेको एन्फाका उपाध्यक्ष तथा खेल तयारी समितिका संयोजक पङ्कज विक्रम नेम्वाङले बताए ।

साफ महिला फुटबलका लागि विराटनगर महानगरपालिकाले रु एक करोड र प्रदेश नं १ ले रु ५० लाख सहयोग गरेको एन्फाका उपाध्यक्ष किरण राईले बताए । “आगामी दिनमा काठमाडौँ बाहिर पोखरा, बुटवल, नेपालगञ्ज जस्ता शहरमा प्रतियोगिता आयोजना गर्ने योजना छ”, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले भन्नुभयो । खेलाडीलाई अभ्यासका लागि विराटनगर जुट मिल, स्थानीय दिल्ली पब्लिक स्कूल र सुनसरीको दुहबी नगरपालिकास्थित मैदान उपलब्ध गराइएको छ । प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भुटान र बङ्गलादेश तथा समूह ‘वी’ मा भारत, श्रीलङ्का र मालदिभ्स छन् । प्रतियोगिता सम्पन्न गर्न करीब रु एक करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments