Tuesday, October 26, 2021
घरBanner Newsस्वच्छ वातावरण अभियानकर्मीमा प्रियंका र आयुशमान नियुक्त

स्वच्छ वातावरण अभियानकर्मीमा प्रियंका र आयुशमान नियुक्त

काठमाडौँ,: नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी स्वच्छ वातावरण महाअभियानको अभियानकर्मी नियुक्त भएका छन् । वन तथा वातावरण मन्त्रालयको यही फागुन ७ बसेको मन्त्रिस्तरीय निर्णयले उहाँहरूलाई अभियानकर्मी नियुक्त गरेको जनाइएको छ ।

देशभर स्वच्छ वातावरण बनाउन जनचेतनाको कार्यक्रम गर्नुपर्ने जिम्मेवारी पाएका अभियानकर्मीद्वयलाई मन्त्रालयले एक वर्षका लागि सो नियुक्ति दिएको हो । केही साताअघि मात्र सामाजिक काममा योगदान पु¥याउने उद्देश्यका साथ आयङ्का फाउन्डेशन दर्ता  गरेका उहाँहरूले उक्त महाअभियानको अभियानकर्मीको रुपमा आफूलाई पाउँदा खुशी लागेको बताउँदै दिइएको जिम्मेवारी निष्ठापूर्वक सम्पन्न गर्ने प्रतिबद्धतासमेत व्यक्त  गरेका छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments