काठमाडौँ : ललितपुरस्थित नख्खुमा रहेको एनसेलको टावरमा बम विष्फोट भएको छ । नख्खु चोक नजिकको एनसेल टावरमा आज साँझ ७:५५ बजे अज्ञात समूहले बम विष्फोट गराएको हो ।
बम विष्फोटमा तीनजना घाइते भएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो । घाइते प्रतिक्षा खड्काको अल्का अस्पताल, आयुषा मानन्धरको मेडिसिटी अस्पताल र सिंहप्रसाद गुरुङको बिएण्डबी अस्पतालमा उपचार भइरहेको प्रवक्ता सुवेदीले बताउनुभयो । बम ठूलो आवाजले पड्किएको ललितपुरका स्थानीयवासी प्रकाश सोतीले बताउनुभयो ।