Friday, July 30, 2021
घरTrendingनेता पराजुलीको निधनप्रति दुःख व्यक्त

नेता पराजुलीको निधनप्रति दुःख व्यक्त

काठमाडौँ : नेपाली काङ्ग्रेसले पार्टीका नेता बारा निवासी दण्डपाणि पराजुलीको निधनप्रति दुःख व्यक्त गरेको छ । काङ्ग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी पराजुलीको निधनप्रति दुःख व्यक्त गर्दै उहाँको आत्माको चीरशान्तिको कामना र शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।

पूर्व सांसद तथा काङ्ग्रेसका पूर्व मुख्य सचिव डा शोभाकर पराजुलीका दाजु ७६ वर्षीय दण्डपाणि पराजुलीको यही फागुन ५ गते निधन भएको थियो । पराजुलीले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टीको सङ्गठन विस्तारमा सक्रिय भूमिका निर्वाह गर्नुभएको काङ्ग्रेसले जनाएको छ ।

पटक÷पटक कारागार र कठोर यातना भोग्नु भएका पराजुली पार्टीका एक निर्भीक योद्धा रहेको विज्ञप्तिमा जनाइएको छ । स्व पराजुलीका श्रीमती, चार छोरा र दुई छोरी हुनुहुन्छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments