Wednesday, July 28, 2021
घरTrendingजिल्लामा शान्ती सुव्यवस्था र उत्खननको ब्यबस्थापन: एस पि पल्ली मगर

जिल्लामा शान्ती सुव्यवस्था र उत्खननको ब्यबस्थापन: एस पि पल्ली मगर

नुवाकोट: संविधान कार्यान्वयन र स्थानीय प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सकिए लगत्तै देश स्थाइत्वको गतिमा लैजान सबैभन्दा महत्त्व भुमिका प्रहरीको हुन्छ। बिगत दुई महिना अगाडि देखी नुवाकोट प्रहरीको कमान्ड सम्माल्दै आउनुभएका एस्पि कृष्ण बहादुर पल्ली मगर आइसकेपछि प्रहरी प्रशासन झनै मजबुत बनेको देखिछ।

जिल्ला भित्र प्रहरी ब्यबस्थापन देखि समाजलाइ द्वन्द रहित बनाउन प्रहरीलाई सशक्त बनाउन निकै सक्रिय देखिनु भएको छ। पछिल्लो समय नुवाकोट जिल्लामा मुख्य गरि हुनेगरेको चेलीबेटी बेचबिखन लाई मुख्य ख्याल गर्दै,यस्ता अमानवीय कर्म गर्नेलाइ कुनैपनी हालतमा नछाड्ने भन्दै यस्ता कुकर्म कसैले पनि नगर्न उहाले आग्रह समेत गरेका छन्।

सम्बादाता समक्ष कुरा गर्दै उहाले,जिल्लामा आफू आउनुभन्दा पहिले हुनेगरेको स्थानीय श्रोत र साधनको उत्खनन पनि आफू आइसकेपछि अन्त्य भएको वताए ।प्रदेश सरकारले पनि कानुन बनाएर यसको ब्यबस्थापन लाई जोड दिएकाले प्रहरी प्रशासन लाई काम गर्न सहज भएको समेत उहाले बताए।यति हुँदा हुँदै पनि कानुन बिपरित काम गर्ने जो कोहिलाइ नछाड्ने चेतावनी समेत दिएका छन्।

नुवाकोट जिल्ला तुलनात्मक रुपमा अन्य जिल्ला भन्दा चुनौतीपूर्ण रहेको र त्यो चुनौतीलाई आफू डटेर लड्ने भन्दै,कुनैपनी राजनीतिक संरक्षकमा लुक्ने लुकाउने कुरालाई कुनैपनी हालतमा नछाड्ने उहाको जिकिर थियो। प्रहरी सेवामा पल्लिमगर असल चरीत्रवान र निडर रहेको भन्दै आम जनता देखि सेवाक्षेत्रमा निकै प्रशम्सनिय छन।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments