Tuesday, July 27, 2021
घरTrendingवन्यजन्तु व्यापार नियन्त्रण विधेयक पारित

वन्यजन्तु व्यापार नियन्त्रण विधेयक पारित

काठमाडौँ: राष्ट्रियसभाले ‘सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५’ प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित सर्वसम्मतिले पारित गरेको छ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले त्यससम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । राष्ट्रियसभाबाट यसअघि सो विधेयक पारित भई प्रतिनिधिसभामा पठाइएको थियो ।

प्रतिनिधिसभाले विधेयक केही संशोधन गरी पुनः राष्ट्रियसभामा पठाएको थियो । राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपालको संविधानअनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’ टेबल गरेका थिए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments