Sunday, August 1, 2021
घरTrendingप्रधानमन्त्रीद्वारा देशवासीका नाममा सम्बोधन

प्रधानमन्त्रीद्वारा देशवासीका नाममा सम्बोधन

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ । सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा उहाँले देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सम्बोधनमा प्रधानमन्त्री ओलीले सरकारले एक वर्षमा गरेका उपलब्धि सार्वजनिक गर्नुहुनेछ । सङ्घ र प्रदेशको निर्वाचनपछि २०७४ फागुन ३ गते तत्कालीन नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

सिंहदरबारस्थित ग्यालरी बैठकमा अपराह्न ४ बजे प्रधानमन्त्रीको सम्बोधन हुनेछ । सम्बोधन समारोहमा मन्त्री र सरकारका विशिष्ट श्रेणीका कर्मचारीहरुको सहभागीता हुनेछ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments