Sunday, October 17, 2021
घरTrendingमेलबर्नमा जी.पी कोइराला फाउन्डेसन स्थापना

मेलबर्नमा जी.पी कोइराला फाउन्डेसन स्थापना

काठमाडौँ: अष्ट्रेलियाको मेलबर्नका लागि जी,पी कोइराला फाउन्डेसनको संयोजकमा रमेश छत्कुली नियुक्त भएका छन् । स्वर्गीय नेता गिरिजा प्रसाद कोइरालाको सम्झनामा उहाँकी छोरी  नेपाली कांग्रेस नेतृ सुजाता कोइरालाको अध्यक्षतामा जी.पी फाउन्डेसन स्थापना गरिएको छ ।

संस्थाले स्व. कोइरालाको विचारधारा पछ्याउँदै नेपालको आर्थिक, राजनीतिक, सामाजिक, शैक्षिक लगायत सबै क्षेत्रमा योगदान दिएर समृद्ध नेपाल निर्माणको लागि विश्वभर आफ्नो संजाल फैलाएको छ । जसले गर्दा विश्वभर छरिएर रहेका नेपालीहरुले नेपालको हितको लागि वैचारिक बहस संगै अन्य आवश्यक कार्यहरु गर्ने गर्छन् ।

अष्ट्रेलियामा नेपालीहरुको संख्या उल्लेख्य मात्रामा बढिरहेको समयमा यस संस्थाले आफ्नो संजाल अष्ट्रेलियामा स्थपाना गरेको हो । विभिन्न सहरहरुमा सयोजकको रुपमा नेतृत्व प्रदान गरिएको छ । सोही अनुरुप मेलबर्नको संयोजकमा रमेश छत्कुलीलाइ नियुक्त गरिएको जी,पी कोइराला फाउन्डेसनले बताएको छ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments