Tuesday, September 21, 2021
घरBanner Newsविश्वमा लोप हुँदै किरा फट्याङ्ग्रा

विश्वमा लोप हुँदै किरा फट्याङ्ग्रा

मानिस लगायत अरु जीवजन्तुका लागि फाइदा पुर्याइरहेका ४० प्रतिशत किराको संख्या नाटकीय रुपमा घटिरहेको पाइएको छ । संसारका विभिन्न ठाउँमा १३ वर्षमा गरिएका ७३ वटा अध्ययनको प्रतिवेदन समिक्षा गर्दा माहुरी, कमिला लगायत किराको सँख्या स्तनधारी र सरिशृप प्रजातीका जनावरको तुलनामा ८ गुणाले घटिरहेको पाइएको हो ।

किराले चराचुरुँगी, विरालो र साना स्तनधारी जनावरका लागि खाना उपलब्ध गराउनुका साथै ७५ प्रतिशत बालीनालीको परागसेचन गर्ने गरेको बीबीसीले जनाएको छ । यस्तै, यी किराहरुले खेती किसानीका शत्रु किरालाई खाएर पनि किसानलाई सहयोग गरिरहेका छन् । किराहरु घट्दै जाने अरु कारणमध्ये बासस्थानको अभाव, शहरीकरण खेतीपानी घट्नु, बन फँडानी लगायत रहेको बैज्ञानिकहरुले बताएका छन् ।

संसारका ४० प्रतिशत किराहरुको संख्या नाटकीय रुपमा घटिरहेको एक अध्ययनले देखाएको छ । माहुरी, कमिला, पुतलीलगायतका किराहरु अन्य स्तनधारी जीव तथा सरीसृपको तुलनामा आठ गुणाको दरले घट्दै गएको अध्ययनले देखाएको छ ।

१३ वर्षमा संसारका विभिन्न ठाउँमा प्रकाशित ७३ वटा रिपोर्टको समीक्षामा झिंगा, साङ्ला लगायतका केही प्रजातिका किराहरुको संख्या भने बढ्ने सम्भावना रहेको अध्ययनको निष्कर्ष छ । यस्ता किरा–फट्याङ्ग्राको संख्यामा कमी आउनुको मुख्य कारण किसानले खेतबारीमा प्रयोग गर्ने कीटनाशक औषधि र जलवायु परिवर्तन भएको अनुसन्धानकर्ताको निष्कर्ष छ ।

किराहरु लोप हुने कारणमध्ये बासस्थानको अभाव, शहरीकरण खेतीपाती र वन फँडानी भएको सिड्नी विश्वविद्यालयका मुख्य लेखक डाक्टर फैसिस्को सैंशेजले बताएका छन् । विशेषगरी औद्योगिक विकास भएका देशहरुमा यस किसिमका किरा फट्याङ्ग्रा अत्यधिक मात्रामा घटिरहेका छन् ।

बायोलोजिकल कञ्जर्वेसन नामक जर्नलमा प्रकाशित रिपोर्टमा १३ वर्षमा किरा फट्याङ्ग्रासँग सम्बन्धित संसारका विभिन्न ठाउँका ७३ वटा प्रतिवेदनको समीक्षा गरिएको थियो । यसै अनुरुप अनुसन्धानकर्ताहरुले एक तिहाई किरा फट्याङ्ग्राको प्रजाति लोप हुने खतरामा रहेको बताएका छन् ।

सभार: बिबिसी 

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments