Tuesday, November 30, 2021
घरBanner Newsनगरबसमा पत्रकार र ज्येष्ठ नागरिकलाई निःशुल्क यात्रा

नगरबसमा पत्रकार र ज्येष्ठ नागरिकलाई निःशुल्क यात्रा

डोटी,  : शिखर नगरपालिकाले सञ्चालन गरेको नगरबसमा पत्रकार, अपाङ्गता भएका व्यक्ति, असहाय र ज्येष्ठ नागरिकले निःशुल्क यात्रा गर्न पाउने भएका छन् नगरपालिकामा मङ्गलबार बसेको बैठकले जिल्लामा रहेका ६५ वर्षभन्दा माथि उमेरका ज्येष्ठ नागरिक, असहाय, अपाङ्गता भएका व्यक्ति र पत्रकारलाई निःशुल्क रुपमा यात्रा गर्न दिने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीले जानकारी दिए । नगरपालिकाका नागरिकको सहुलियतका लागि बस सञ्चालन गरेकाले नगरभित्र रहेका अपाङ्गता भएका व्यक्ति, असहायलाई सेवासुविधा दिन सो निर्णय गरिएको नगरप्रमुख सीताराम जोशीले बताए ।

पत्रकारलाई समाचार सङ्कलनका क्रममा सजिलो होस् भन्ने उद्देश्यले नगरबसमा निःशुल्क यात्राको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । नगरपालिकाले गरेको उक्त निर्णयलाई स्थानीयवासीले स्वागतयोग्य काम भनेर खुशी व्यक्त गरेका छन् । नगरपालिकाले केही महीनाअघि मात्रै दुई नगरबस सञ्चालनमा ल्याएको छ । अरु गाडीभन्दा उक्त नगरबसले ३० प्रतिशत कम भाडा लिँदै आएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments