Sunday, September 26, 2021
घरTrendingकोठा तताउने कोरियन प्रविधि अव नेपालमा

कोठा तताउने कोरियन प्रविधि अव नेपालमा

काठमाण्डौ, अलगधार
कोरियामा सर्वाधिक लोकप्रिय हिटिङ प्रविधि नेपालमा भित्रिएसँगै चिसोबाट जोगिन अव धेरै तनाव लिन नपर्ने भएको छ । कोरियामा अत्याधिक लोकप्रिय यो आधुनिक प्रविधिलाई एस एल जी होल्डिङग्सले नेपालमा भित्राएको हो । यो प्रविधि अन्तर्गत घर निर्माण गर्ने समयमा नै ३० देखी ३५ हजार रुपैया मात्रै खर्च गर्दा जीवनभरलाई घर तातो बनाउन सकिने यसका निर्यात कर्ताहरुले जानकारी दिएका छन् । विजुलीको प्रयोग गरी घर निर्माण गर्दा कोरियन प्रविधि मार्फत एक प्रकारको पाइप विछाइने गरिन्छ ।

यो पाइप लाइन विछाइसकेपछि त्यसको माथी टाइल वा मार्वल वा ढलान गर्न सकिने हुन्छ । साथै कार्पेटमा पनि यसको प्रयोग गरेरे हिटिङ सिस्टम बनाउन सकिने यसका निर्यात कर्ता जुपिटर कियोनले जानकारी दिए । पाइपको भित्री भागमा रहेको कार्वोन इलेक्ट्रिसिटी मार्फत तात्ने भएका कारण पनि आगलागी हुने वा कुनै प्रकारको करेन्ट सट हुने संभावना पनि नभएको विज्ञहरु बताउछन् ।

साथै पानीमा परेर सट हुने संभावना पनि नभएको बताइएको छ । यसका निर्यात कर्ताले शुरुवातमा यसलाई फिट गरिदिइसकेपछि तीस बर्ष सम्म वारेन्टी हुने भएकाले थप खर्च गर्नु पर्दैन । दक्षिण कोरियामा यो प्रविधि अत्याधिक लोकप्रिय रहेको बताइएको छ । यसले उर्जा पनि खासै खर्च नहुने पनि बताइएको छ । घर भित्रको तापक्रमलाई सन्तुलित बनाउनका लागी विगत ३ वर्ष देखि कोरियाली कम्पनीले नेपालमा पनि काम गरिरहेको छ । यसले वातावरण संरक्षणमा पनि टेवा पुग्ने बढ्दो ऊर्जाको मागलाई केही हदसम्म कम गर्न सकिने कम्पनीले जनाएको छ । यो हीटिंग रिल प्रविधि प्रति स्क्वायर फिट ३२० रुपैयाँ पर्ने बताइएको छ । यो हिटिङ प्रविधि घर, होटल, हस्पिटल, स्कुल, कलेज लगायतमा जडान गर्न सकिने र थप फलदायी हुने यसका निर्यातकर्ताको दावी छ । यो प्रविधि प्रयोगमा ल्याउन चाहनेले बौद्ध तिनचुलेमा रहेको कार्यालयमा सम्पर्क गरी वा फोन नं ९८०८००४२५५ मा सम्पर्क गर्न सकिने पनि निर्यात कर्ताले काठमाण्डौमा आयोजित प्रदर्शनीमा जानकारी दिए ।

 

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments