इलाम: चिया विषयमा पढाइ हुने भएपछि इलामवासी उत्साहित भएका छन । इलाम सूर्योदय नगरपालिकाले माध्यमिक तहमा चिया विषयलाई पाठ्यक्रमको रूपमा लागू गर्ने योजना अघि बढाएसँगै यस विषयमा पढाइ हुनेभएको छ ।
इलाम चियाको केन्द्रका रुपमा मानिन्छ । इलाममा १५५ वर्षअघि चिया रोपेको र सोहि वेलादेखि यहाँ चिया खेती हुने गरेको छ । चिया खेतीसम्बन्धी सम्पूर्ण जानकारी पाठ्यक्रममा नै राखिने भएपछि विद्यार्थी जीवनदेखि नै चिया खेती बारे थाहा पाउने अवसर धेरैलाई मिल्ने भएपछि यहाँका किसानमा उत्साह थपिएको चिया किसान नरेन्द्रप्रसाद कोइरालाले जानकारी दिए । चियाको विषयमा जानकारी नहुँदा बाहिरबाट प्राविधक ल्याउन बाध्य बनेका चिया किसान नगरको यो योजनालाई स्वागत गरेका छन् । चिया विषय अध्यापन भए रोजगारीे समेत सिर्जना हुने चिया किसान प्रेम कट्टेलको भनाइ छ । उहाँले व्यवहारिक शिक्षा सानै उमेरबाट पाउने भएकाले यस क्षेत्रमा दक्ष जनशक्ति उत्पादन हुने वताए ।
चिया विषय विद्यालय तहमा राखिदा चियाप्रति लगाव बढाउन सक्ने र प्राङ्गारिक खेतीमा समेत सघाउन पु¥याउने प्राविधिकसमेत रहनुभएका चिया किसान ज्योति अधिकारी ।
वताउछन् । चिया पाठ्यक्रमको लागि समिति गठन गरेर काम थालनी शुरु गरिएको छ । सम्भव भए अब आउने नयाँ शैक्षिक सत्रबाट नै चिया विषय पढाइ शुरु गर्ने सूर्योदय नगरपालिकाका प्रवक्ता पेमा उगेन लामाले जानकारी दिए। चियाको इतिहास बोकेको इलाममा चियासम्बन्धी अध्ययन अनुसन्धान गर्ने थलो बनाउने बहस हुने गरेको भए पनि कार्यान्वय भने हुन सकेको छैन । यस विषयमा पठनपाठन शुरु भए यसबाट सूर्योदय नगरलाई मात्र नभई जिल्लाकै लागि फाइदा पुग्ने विज्ञको भनाइ छ ।