Tuesday, November 30, 2021
घरविश्वभारतमा रेल दुर्घटनामा छ जनाको मृत्यु

भारतमा रेल दुर्घटनामा छ जनाको मृत्यु

नयाँ दिल्ली: भारतीय पूर्वी राज्य बिहारमा आइतबार बिहान भएको रेल दुर्घटनामा परी छ जनाको मृत्यु भएको रेल अधिकारीले जनाएका छन् ।

सो घटनामा परी अन्य चार जना गम्भीर घाइते भएका छन् । त्यसैगरी सात जना सामान्य घाइते भएका पनि अधिकारीले जनाएका छन् । दुर्घटनामा परेका पीडितहरुलाई भारत सरकारले आर्थिक सहयोगका कार्यक्रमहरु घोषणा गरेको बताइएको छ । दुर्घटनामा मृत्यु भएकाको परिवारलाई पाँच लाख भारतीय रुपैयाँ, गम्भीर घाइतेलाई एक लाख रुपैयाँ र सामान्य घाइतेलाई ५० हजार दिने घोषणासमेत गरेको समाचारमा जनाइएको छ ।

भारतीय रेल सेवाका प्रवक्ता स्मिता शर्माले घाइतेहरु सबैलाई उपचार खर्च रेल सञ्चालक संस्थाले नै वेहोर्ने बताउनु भएको छ । बिहारको बैशाली जिल्लामा सो दुर्घटना भएको हो । रेलले पटरी छोडेर बाहिर निस्किएपछि सो दुर्घटना भएको बताइएको छ । दुर्घटनाका बेला अधिकांश यात्रु निदाएका अधिकारीले जनाएका छन् । उक्त रेल आइतबार बिहान ९ बजे दिल्लीस्थित आनन्द बिहार रेलवे स्टेशनमा पुग्ने तालिका रहेको थियो ।
–––

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments