Tuesday, September 21, 2021
घरBanner Newsयुएस बाङ्ला दुर्घटना: डिप्रेसन पीडित पाईलट

युएस बाङ्ला दुर्घटना: डिप्रेसन पीडित पाईलट

काठमाडौं: ५१ जनाले ज्यान गुमाएको युएस बाङ्ला एयरलाइन्सको जहाज दुर्घटनामा पाईलट सहित चालक दल दोषी रहेको जाँचबुझ आयोगले निष्कर्ष निकालेको छ । आयोगले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई बुझाएको प्रतिबेदनमा यस्तो उल्लेख छ।

दुर्घटनामा ४७ यात्रु र ४ चालक दलका सदस्यको ज्यान गएको थियो । तीमध्ये २८ जना बंगलादेशी, २२ जना नेपाली र १ चिनियाँ थिए । ६७ यात्रु रहेको जहाजमा २ जना क्याबिन र फ्लाइट क्रिउका २ सदस्य थिए । २८ फागुन ०७४ मा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमै भएको दुर्घटनालगत्तै पूर्वसचिव यज्ञप्रसाद गौतमको अध्यक्षतामा गठित सातसदस्यीय आयोगले क्याप्टेन अविद सुल्तान मुख्य दोषी रहेको निष्कर्ष निकालेको छ । आयोगले चालक दलका सदस्य पनि दुर्घटनाका दोषी भएको प्रतिवेदनमा उल्लेख गरेको छ ।

ढाका-काठमाडौं उडानमा रहेको उक्त जहाजका चालक दलका सदस्य आफ्नो दिशा र अवस्थाबारे पूर्ण रूपमा अनभिज्ञ भएकोले दुर्घटना भएको प्रतिवेदनमा उल्लेख छ । जहाजले लिनुपर्ने ‘रन वे’लाई सही तरिकाले ‘फलो’ गर्न नसकेको र अन्तिम समयसम्म पनि रन वेमा ल्याउने कुनै प्रयत्न नगरेको निष्कर्ष छ ।

। प्रतिवेदनअनुसार उडान सञ्चालनको स्थापित मापदण्ड चालक दलले उल्लंघन गरेको निष्कर्ष निकालेको छ। । चालक दल र उडान सञ्चालन गर्ने अफिसरबीच समन्वयको अभाव देखिँदा क्याप्टेनले उच्च तनाव, फ्रस्टेसन र आवेगको सामना गर्नुपरेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, स्पष्ट सञ्चार हुन नसकेको विषयलाई पनि आयोगले दुर्घटनाको कारणमा समेटेको छ । आयोगले जहाजमा दुर्घटना हुन सक्ने कुनै पनि किसिमको कारण नभेटेको प्रतिवेदनमा उल्लेख गरेको छ । उसले दुर्घटनाको कारण सम्भव भएसम्म खोजी गरेको बताएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments