Wednesday, June 16, 2021
घरBanner Newsचिकित्सा शिक्षा विधेयक राष्ट्रियसभामा पेस हुदै

चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभामा पेस हुदै

काठमाडौं : गत शुक्रबार संघीय संसदको प्रतिनिधिसभाबाट पारित ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ राष्ट्रियसभामा आज पेस हुने भएको छ। बैठक सोमबार बिहान ११ बजेका लागि डाकिएको छ।

राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकलाई सभामा टेबुल गर्ने कार्यसूची रहेको जानकारी दिए।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधकाबीच प्रतिनिधिसभाबाट गत शुक्रबार बहुमतले विधेयक पारित भएको थियो।

विधेयक राष्ट्रियसभाबाट पनि पारित भएमा र सोपश्चात् राष्ट्रपतिले प्रमाणीकरण गरेपछि मात्रै ऐनका रुपमा लागू हुनेछ। विधेयक सहमतिविपरित ल्याइएको भन्दै डा गोविन्द केसी अनसनमै छन्। डा केसीले सहमति अनुसारकै विधेयक नआएसम्म अनसन नतोड्ने बताएका छन्।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments