Saturday, January 22, 2022
घरBanner Newsकांग्रेसलाई जिस्क्याउँदाको मूल्य महंगो पर्छ-थापा

कांग्रेसलाई जिस्क्याउँदाको मूल्य महंगो पर्छ-थापा

काठमाडौं: पूर्व स्वास्थ्यमन्त्री तथा कांग्रेस सांसद् गगनकुमार थापाले सरकार सँगसँगै सभामुखविरुद्ध पनि संघर्ष हुने चेतावनी दिएका छन् । थापाले सभामुख कृष्णबहादुर महराले जालझेलपूर्ण व्यवहार गरेको टिप्पणी गरे ।

‘बैठकमा मुठभेड निम्तिने गरी बैठक चलाउँदिन भन्ने अनि हामीलाई पेलेर, विपक्षीको कुरा नसुनी संसद् बैठक चलाउनु खेदजनक छ’ थापाले भने ‘ कांग्रेसलाई जिस्क्याइएको छ, अब यसको मूल्य निकै महंगो पर्न जान्छ ।’

थापाले सरकारभन्दा पनि सभामुख नै विधेयक पारित गर्न बढी लागेको देखिएकोमा आपत्ति जनाएका छन् ।

‘सभामुख सरकारको अंगजस्तो बन्नुभयो, अरुको आलेश पालना गर्नुभयो, यो उहाँका लागि नै खतरा छ’ थापाले भने ‘ मसँग २ तिहाई छ जे गरेपनि हुन्छ भन्ने सरकारको व्यवहार प्रष्ट भएको छ, यसले बिबाद बढाएको छ हेर्दै जाउँ के हुन्छ ।’

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments