Monday, June 21, 2021
घरBanner Newsजहाज खरीदमा दोषीलाई कार्वाही हुनुपर्छ: नेता कोइराला

जहाज खरीदमा दोषीलाई कार्वाही हुनुपर्छ: नेता कोइराला

कलैया: नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर काइरालाले वर्तमान सरकारले विकास र समृद्धिको क्षेत्रमा काम गर्न नसकेको आरोप लगाउनुभएको छ । उहाँले बाइड बडी जहाज खरीद प्रकरणमा जो दोषी भए पनि कारवाही प्रक्रिया अगाडि बढाउनुपर्ने माग गर्नुभयो ।

बारा निर्वाचन क्षेत्र नं १ क्षेत्रीय कार्यसमितिले आज सिम्रौनगढमा आयोजना गरेको आमसभामा उहाँले बलात्कार, हत्या हिंसा, कालोबजारी, भष्ट्राचार जस्ता कार्य अझै बढेको भन्दै त्यसलाई रोक्न सरकारले नसकेको आरोप लगाउनुभयो ।

केन्द्रीय सदस्य उमाकान्त चौधरीले बारा निर्वाचन क्षेत्र नं १ मा शिक्षा, स्वास्थ्य, बिजुली बत्ती, बाटोघाटो पुल पुलेसा, सिँचाइको प्रबन्ध मिलाउन आफू क्रियाशील रहेको बताउनुभयो । एक अर्को प्रसङ्गमा नेता चोधरीले मधेशवादी दल सत्ता र शक्तिका लागि राजनीति गरिरहेको आरोप लगाउनुभयो । केन्द्रीय सदस्य कल्याण गुरुङले नेपाली जनतामाथि अन्याय नगर्न वर्तमान सरकारलाई आग्रह गर्नुभयो । पूर्वसांसद डा शोभाकर पराजुलीले सङ्घीयतालाई नै धरापमा पार्ने खेलमा वर्तमान सरकार लागिपरेको आरोप लगाउनुभयो । कार्यक्रममा जिउँदो शहीदहरु अनुप सहनी र लक्ष्मण बैठालाई सम्मान गरिएको थियो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments