Tuesday, September 21, 2021

बाल हक

बालकहरुको पक्षमा
आँगन
आकाश
हावा
ताल
जीवन सबै खुला हुनुपर्छ
बल्ल सफा स्वच्छ सुन्दर संसार हुन्छ
जीवन हुन्छ
बदलामा, विपक्षमा
निरंकुश, मैलो, धमिलो, कठोर तिम्रो मनले
एकदिन उनीहरुलाई आगो मात्र दिने
तिम्रो आणविक भट्टी तर्फ लैजानेछ
हे कुनै पनि देशका अभिभावक अर्थात सरकार
बिर्सेर पनि तिमीले
हातमा रिमोट लिएर यौटा सुन्दर
संसार चियाउने बालकको विरुद्ध
भिषण युद्ध रचना गर्ने खलनायक नबन्नु है । – भरत भारद्वाज

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments