Monday, May 16, 2022
घरTrendingनेपाल प्रेस युनियनको केन्द्रीय अध्यक्षमा आचार्य प्रस्तावित

नेपाल प्रेस युनियनको केन्द्रीय अध्यक्षमा आचार्य प्रस्तावित

चितवन: नेपाल प्रेस युनियन चितवन शाखाले युगवाणी मिडिया नेटवर्कका समाचार प्रमुख एवं प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यलाई युनियको अध्यक्षका रुपमा प्रस्ताव गरेको छ । शाखाको शनिबारको बैठकले वरिष्ठ पत्रकार आचार्यको नेतृत्वमा प्रेस युनियन अझ बढी सुदृढ र संगठित हुने विश्वास पनि व्यक्त गरेको छ । चितवन शाखाले युनियनको प्रदेश नम्बर ३ को अध्यक्षमा पत्रकार नारायण अधिकारीलाई प्रस्ताव गरेको छ ।

युनियनको आसन्न महाधिवेशनका लागि चितवन शाखाले आफ्ना तर्फबाट अग्रज पत्रकारहरुलाई अघि सारेको शाखा अध्यक्ष अनिल ढकालले जानकारी दिए । चितवनका सबै उम्मेदवारहरुलाई केन्द्रीय महाधिवेशनमा जिताउन विशेष पहल गर्ने निर्णय पनि शाखाले गरेको छ । युनियनको नवौं महाधिवेशन यही फागुनमा हुने सम्भावना छ । केन्द्रीय अध्यक्षमा प्रस्तावित आचार्यले यसअघि युनियनको मध्यमाञ्चल संयोजकको भूमिका निर्वाह गरिसक्ननुभएको छ ।

आचार्य वि.सं. २०५२ सालदेखि चितवन जिल्लामा रही सक्रिय पत्रकारिता गर्दै आउनु भएको छ, पत्रकारिताको माध्यमद्वारा समुदायको रुपान्तरणमा उल्लेखनीय योगदान पुर्याएको र व्यवसायिक पत्रकारिताको विकासमा क्रियाशील रहेको भन्दै नेपाल पत्रकार महासंघ चितवनले बिसं २०५५/०५६ मा आचार्यलाइ (उत्कृष्ट पत्रकारिता पुरस्कार) २०५५/०५६ ले सम्मान गरेको थियो।यसरी नै उनले पत्रकारिताकै माध्यमद्वारा मोफसलमा रही आबाज बिहिनहरुको आवाजलार्ई मुखरित गर्न सफल भएको र नेपाली नागरिक तथा ग्रामीण क्षेत्रको उत्थानमा सहयोग पुर्याको भन्दै नेपाल प्रेस युनियन चितवनले विसं २०६० सालमा ‘नेपाल प्रेस युनियन पत्रकारिता पुरस्कार तथा प्रशंसा पत्र–२०६० बाट सम्मान गरेको थियो।

यसरी नै सामाजिक र जातीय भेदभाव बिरुद्ध कलम चलाएको भन्दै नेपाल दलित संघ चितवनले २०७१ सालमा प्रशंसा पत्र सहित सम्मान गरेको थियो। पत्रकार दीपक आचार्यको पत्रकारिता क्षेत्रको क्रियाशीलता र योगदानको उच्च कदर गर्दै नारायणी टुडे राष्ट्रिय मासिकले थाइल्याण्डमा सम्पन्न आफ्नो १७ ओं वार्षिकोत्सबमा (उत्कृष्ट पत्रकार २०७३) ले सम्मान गरेको थियो। पत्रकार आचार्यलाई राष्ट्रियता, लोकतन्त्र, समाजबाद र प्रेस स्वतन्त्रताप्रति समर्पित रही २ दशक बढी समयदेखि पत्रकारिताको मध्यमबाट नेपाली पत्रकारिता र प्रेस स्वतन्त्रताको क्षेत्रमा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै नेपाल प्रेस युनियन कपिलबस्तुले उत्कृष्ठ पत्रकार सम्मान २०७५ ले सम्मान गरेको थियो।

यसै गरी नेपाल पत्रकार महासंघ चितवनले पत्रकार दीपक आचार्यलाई जिल्लामा रहेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको आन्दोलन एबम् व्यवसायिक पत्रकारिताको विकासमा योगदान पुर्याएको भन्दै मैयादेबी पत्रकारिता पुरस्कार २०७५ ले पुरस्कृत गरेको छ।पत्रकार आचार्य चितवनबाट प्रकाशित हुने नयाँ सृष्टिको कार्यकारी सम्पादक, पिपलबोट साप्ताहिकको प्रधान सम्पादक हुदै हाल प्रत्यक्ष रुपमा युगवाणी डटकम न्युज पोर्टलमा कार्यरत छन् भने अन्य विभिन्न संचार माध्यममा पनि आवद्ध छन्।

यस अघि आचार्यले कान्तिपुर पब्लिकेशनको साप्ताहिक, नेपाल, कामना पब्लिकेशनको समाचारपत्र दैनिक, कामना मासिकका साथै स्पेस टाईम दैनिक, चानल नेपाल, हिमालय टाइम्स दैनिक, नयाँ सडक दैनिक, पत्रिका सातदिनेलगायतका थुप्रै पत्र पत्रिकाहरुमा काम गरेको अनुभब बटुली सकेका छन्। त्यस्तै प्रदेश ३ को अध्यक्षक लागि प्रस्तावित नारायण अधिकारी राष्ट्रिय समाचार समिति चितवनका प्रमुख हुनुहन्छ । प्रेस युनियन चितवनका निवर्तमान अध्यक्ष अधिकारी पत्रकार महासंघ चितवनको उपाध्यक्ष समेत रहनुभएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments