Tuesday, June 15, 2021
घरBanner News‘भ्रमण बर्ष’ को जिम्माको विषयमा पर्यटन क्षेत्रको असन्तुष्टि

‘भ्रमण बर्ष’ को जिम्माको विषयमा पर्यटन क्षेत्रको असन्तुष्टि

काठमाडौँ: नेपालले सन् २०२० लाई नेपाल भ्रमण बर्ष मनाउने उदेश्य लिएसँगै सो विषयको संयोजन गर्ने जिम्मा पाएका सुरज वैद्यको विषयमा दर्जनौ प्रश्न तेर्सिएको छ । यसरी प्रश्नहरु तेर्सिन थालेपछि नेपालको पर्यटन क्षेत्रमा यसले ठुलै हल्लीखल्ली भएको छ । उनलाई नेपाल सरकारले पर्यटन दिवस मनाउनका लागी जिम्मा दिनु पर्ने कारण भनेको उनी एउटा राम्रो पैसा भएका ब्यापारी मात्रै भएको टिप्पणी सामाजिक संजालहरुमा भेटिन्छ । नेपालको पर्यटन क्षेत्रमा विगत लामो समय देखी काम गरिरहेका र पर्यटन क्षेत्रको विषयमा विज्ञता हासिल गरेकाहरुलाई पाखा लगाएर सुरज वैद्यलाई नियुक्त गर्दा नै धेरैले प्रश्न नउठाएका होइनन् ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत रहेका सुरज वैद्य हेर्दा आकर्षक ब्यक्तित्वका देखिन्छन् । उनको लवाई खवाई पनि उच्च घरानाको जस्तै देखिन्छ । उनी सँग नेपालमा ट्रेडिङ ब्यापारको राम्रो अनुभव पनि छ । तर पर्यटन क्षेत्रमा उनले काम गरेको अनुभव त्यती धेरै पाइदैन । यसै विषयमा केही दिन अगाडी मात्रै केही पर्यटन ब्यवसायीले वैद्यलाई नियुक्त गरिएको विषयमा सामाजिक संजालमा केही प्रश्न पनि तेर्साएका छन् ।

पर्यटन ब्यवसायी तथा हिमाल आरोही टासी लाक्पा शेर्पाले नेपालको पर्यटन क्षेत्रमा सुरज वैद्यको योगदान के ? सम्बन्धित निकायले स्पष्ट गराउनु पर्‍यो भनेर प्रश्न गरेका छन् । उनको भनाई लाई आधार मान्ने हो भने नेपाल भ्रमण बर्ष २०२० को संयोजकको जिम्मेवारी दिदा सरकारले धेरै विषयको ख्याल गरेको पाइएन । पर्यटन मन्त्री रविन्द्र अधिकारी समक्ष पनि यो प्रश्न गर्न उनले खोजेका छन् । अनौपचारिक रुपमा कुराकानी गर्दा नेपालका प्राय पर्यटन ब्यवयासी र यो क्षेत्रमा लाग्नेहरुले सुरज वैद्यको औचित्यतता माथी प्रश्न उठाउने गरेका छन् तर विभिन्न प्राविधिक कारण उनीहरु अगाडी आएर बोल्न सकिरहेका छ्रैनन् ।

विगतमा पनि नेपाल भ्रमण बर्ष भनेर पटक पटक कार्यक्रम आयोजना भए तर सरोकारवाला क्षेत्रलाई पाखा लगाएर राज्यको करोडौ रुपैया खर्च गर्ने बाहेक अरु काम केही पनि भएन । यो पटक पनि कतै त्यस्तै हुने त होइन भन्ने आशंका ब्याप्त छ । यो विषयमा सुरज वैद्य स्वयंकै प्रतिक्रिया लिने प्रयास गरिएको थियो तर उनको फोन उठेन । सायद उनी नेपाल भ्रमण बर्षको ब्यापक तयारीमा भएका कारण ब्यस्त भएका होलान् । यो विषयमा अव पर्यटन मन्त्री रविन्द्र अधिकारीले नै जवाफ दिने अपेक्षा आम पर्यटन क्षेत्रका सरोकारवालाहरुको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments