Sunday, October 17, 2021
घरTrendingसिरियामा सन् २०१८ मा अहिलेसम्मकै थोरै नागरिकको मृत्यु

सिरियामा सन् २०१८ मा अहिलेसम्मकै थोरै नागरिकको मृत्यु

बेरुत : सिरियामा जारी द्वन्द्वका क्रममा आठ बर्षको अवधिमा यस बर्ष सवैभन्दा कमको मृत्यु भएको छ । सन् २०१८ मा २० हजारभन्दा कमको मृत्यु हुँदा बार्षिक अहिलेसम्मकै सवैभन्दा कमको मृत्यु भएको अधिकारीहरुले सोमबार जनाएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राईट्सका अनुसार यस बर्ष १९ हजार ६६६ जना द्वन्द्वका कारण मारिएका छन् ।

“सिरियामा जारी द्वन्द्वका कारण मृत्यु हुनेहरुको बार्षिक तथ्याङ्कमा सन् २०१८ मा सवैभन्दा धेरैको मृत्यु भएको विवरण प्राप्त भएको छ,” सो सङ्स्थाका प्रमुख रामी अब्देल रहमानले बताएका छन् । यो तथ्याङ्क द्वन्द्व सुरु भएदेखि अहिलेसम्मकै सवैभन्दा कम भएको उनले बताए । सो तथ्याङ्क बृहत सन्जाल मार्फत् विभिन्न श्रोतहरु परिचालन गरेर संकलन गरिएको उनको भनाई छ ।

यसअघि सन् २०१७ मा भने बर्षभरीमा अहिलेको भन्दा बढी ३३ हजार जना मारिएका थिए । सवैभन्दा धेरै सन् २०१४ मा मारिएको तथ्याङ्क छ । सो बर्ष ७६ हजार व्यक्ति मारिएको जनाइएको छ । सन् २०१८ मा मारिएका मध्ये छ हजार ३४९ जना सर्वसाधारण र एक हजार ४३७ जना बालबालिका रहेको पनि अब्देल रहमानले बताए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments