Wednesday, September 22, 2021
घरमनोरञ्जनबलिउडका चर्चित कलाकार कादर खानको निधन

बलिउडका चर्चित कलाकार कादर खानको निधन

बलिउडका चर्चित कलाकार कादर खानको निधन भएको छ । उनको ८१ बर्षको उमेरमा उपचारका क्रममा अस्पतालमा निधन भएको हो ।  उनको लामो समयदेखि उपचार भैरहेको थियो । उनको निधन क्यानडामा उपचारको क्रममा भएको उनका छोरा सरफराज खानले पुष्टी गरेका छन्

उनलाई सोमबार दिउँसोबाट नै भेन्टिलेटरमा राखिएको थियो । कादर खानको स्वासप्रश्वासमा समस्या आएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उनका छोरा र परिवार उनीसँग अन्तिम समयसम्म साथमा थिए ।  उनको अन्तिम दाहासंकार क्यानडामा नै गरिने उनका छोराले भारतीय मिडियालाई बताएका छन् । कादर खानले बलिउडका थुप्रै चलचित्रमा अभिनय गरेका थिए । विशेषगरि, उनलाई नायक गोविन्दासँगको चलचित्रमा बढी देखिएको छ । उनले अभिनय गरेको पहिलो चलचित्र ‘दाग’ हो ।

कादर खानको जन्म अफगानिस्तानको काबुलमा भएको थियो । उनी काबुलमा जन्मिएतापनि भारतको मुम्बइमा बसेर बलिउड चलचित्रमा जमेका थिए । उनले ३ सय भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए । उनी केही चलचित्रमा खलनायकको रुपमा पनि देखिएका छन् । उनले ‘धन दौलद, लुटमार, कुर्वानी, वुलन्दी, मेरी आवाज सुनो, सनम तेरी कसम’ लगायतका चलचित्रमा खलपात्रको भूमिकामा काम गरेका छन् ।कादर खानको मृत्युको हल्ला सोमबार बिहानैदेखि फैलिएको थियो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments