Thursday, September 23, 2021
घरBanner News‘व्यवस्थापकीय कमजोरीका कारण काङ्ग्रेस कमजोर’

‘व्यवस्थापकीय कमजोरीका कारण काङ्ग्रेस कमजोर’

रुपन्देही : नेपाली काङ्ग्रेसका नेता बालकृष्ण खाँणले सरकारका कामप्रति जनता निराश भएको विचार व्यक्त गरेका छन् । नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा प्रतिनिधिसभा सदस्य खाँणले संविधान र लोकतन्त्रप्रति कम्युनिष्ट नेतामा द्वैध मानसिकता रहेको आरोप लगाए । निर्मला पन्तका हत्यारालाई तत्काल पत्ता लगाई सार्वजनिक गर्न नेता खाँणले माग गरे ।

नेता खाँणले व्यवस्थापकीय कमजोरीका कारण काङ्ग्रेस कमजोर भएको स्वीकार गर्दै उहाँले महासमिति बैठकपछि पार्टी एकता र मेलमिलापको बाटो तय भएको बताउनुभयो । काङ्ग्रेसभित्र व्यवस्थापन फितलो हुँदा मतभेद सिर्जना भएकाले व्यवस्थापकीय क्षमता बलियो बनाएर अगाडि बढ्न जरुरी रहेको औंल्याए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments