Tuesday, November 30, 2021
घरBanner Newsउपत्यकाको संवेदनशील क्षेत्र पहिचान भएका स्थानमा सिसी क्यामरा थपिने

उपत्यकाको संवेदनशील क्षेत्र पहिचान भएका स्थानमा सिसी क्यामरा थपिने

काठमाडौँ: महानगरीय प्रहरी कार्यालय काठमाडौँले उपत्यकाको संवेदनशील क्षेत्र पहिचान भएका ७५ स्थानमा सिसी क्यामरा थप्ने प्रक्रिया थालेको छ । प्रहरीको आफ्नै स्रोत परिचालन गरी तीन जिल्लाका मुख्यमुख्य क्षेत्रमा क्यामरा थप्न लागिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता पूजा सिंहले जानकारी  दिए। सोमबार तीनै जिल्लाका प्रहरी परिसरबाट आवश्यक स्थान पहिचान गरी प्रतिवेदन पेश भएकाले पहिलो चरणको काम थालिएको सिंहले वताए ।

उहाँकै संयोजकत्वमा स्थान पहिचान समितिको बैठक सोमबार बसेको थियो । बैठकमा तत्कालै १०० स्थानमा क्यामरा राख्नुपर्ने देखिएको भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्रतिवेदन दिएको थियो तर बजेट अभावका कारण पहिलोचरणमा ७५ स्थानमा क्यामरा थप्न लागिएको हो । क्यामरा जडान गर्न बोलपत्र आह्वान प्रक्रिया थालिएको छ । जसअन्तर्गत काठमाडौँमा २२, ललितपुरमा ३९ र भक्तपुरमा १४ वटा क्यामरा थप हुनेछ । नयाँ राख्न लागिएका क्यामरामध्ये आकासे पुल भएको स्थानमा स्थायी र अन्य चोकमा भने घुम्ने क्यामरा जडान गरिने जनाइएको छ ।

हाल उपत्यकामा ४६० को हाराहारीमा क्यामरा प्रयोग भइरहेको छ । काठमाडौँमा मात्रै ४०२ क्यामरा छ । भक्तपुरमा ३४ र ललितपुरमा २४ क्यामरा प्रयोगमा छन् । अहिले रहेका क्यामरा उपत्यकाका लागि अत्यन्त न्यून हो । स्थानीय तहसँगको समन्वयमा अन्य क्षेत्रको पहिचान गरी क्यामरा थप्ने महानगरीय प्रहरी कार्यालय काठमाडौँले जनाएको छ । समाजमा शान्ति सुरक्षा कायम गर्न र आपराधिक गतिविधि नियन्त्रण गर्न र दोषी पत्ता लगाउन सिसी क्यामराको महत्वपूर्ण सहयोग हुने भएकाले उपत्यकालाई नै निगरानी गर्ने गरी क्यामरा थप्ने प्रयास जारी छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments