Wednesday, September 22, 2021
घरBanner Newsतरकारी खेतीबाट घर खर्च जुटाउँदै महिला

तरकारी खेतीबाट घर खर्च जुटाउँदै महिला

भीमदत्तनगर : कञ्चनपुर भीमदत्तनगरपालिका–३ विचपुरीका सिसाली चौधरी कुनै बेला घरको काम र खेतीपातीको समयमा बताइन् । गाउँमा दातृ निकायबाट तरकारी खेतीसम्बन्धी तालिम पाएपछि अन्न खेती छाडेर व्यावसायिक तरकारी खेतीमा समय खर्चिनुभएकी चौधरी हरेक दिन बिहान भीमदत्तनगर बजारमा टोकरीमा तरकारी बेच्छीन् ।

“बेलुकीतर्फ तरकारी खेतमा गएर गोडमेल र स्यहारामा बिताउँछु ।” चौधरीले भनिन्, “चार किलोमिटर हिँडेर दैनिक तरकारी बेच्न जान्छु ।” छ वर्षदेखि तरकारी उत्पादन तथा बिक्रीमा लागि रहनुभएकी चौधरीले पछिल्लो समय तरकारी खपतको समस्या रहेको बताइन् । “तरकारी बेचेर घर र बच्चाको पढाइ खर्च जुटाएको छु ।” उनले भनिन्, “गाउँमा हरेक घरमा चौधरी समुदायले तरकारी खेती गर्दैछन् ।”

उनले तरकारी खेतीमा महिला आर्कषण बढिरहेको बताउँदै तरकारी कृषकलाई सरकारले दिने अनुदान तथा सहुलियत नपाएको गुनासो पोखिन् । “अन्य क्षेत्रका किसानले सम्बन्धित कार्यालयबाट तरकारीको बीउबिजनदेखि मलसम्मको अनुदान पाएको सुन्छौँ ।” उनले भनिन्, “हाम्रो गाउँमा त अनुदानका नाममा केही पनि दिएको छैन ।”

गाउँमा ३५ महिलाले विगत केही वर्षयता तरकारी खेतीमा जुटिरहेको उनले जानकारी दिइन् । “अन्नबालीभन्दा तरकारीमा बढी फाइदा हुन थालेपछि यहाँ प्रायले तरकारी लगाउन थालेका छन् ।” चौधरीले भन्नुभयो, “बजारका गल्लीगल्लीमा ताजा तरकारी हरेक दिन बिहान पुर्‍याएका छौँ ।”

जैविक र ताजा तरकारी उपभोक्ताको घर आँगनमै पुर्‍याउँदासमेत तरकारीको उचित मूल्य नपाएको किसानको भनाइ छ । विचपुरमा महिलाले हाल काउली, मुला, गोलभेँडा, हरियो खुर्सानी, भन्टा, आलुलगायतका तरकारी फलाएका छन् । त्यसैगरी गाउँकै जैसरा चौधरीले गाउँमा छाडा पशुका कारण तरकारी खेतीमा समस्या भइरहेको बताइन् । “रातभरि छाडा गोरुले तरकारी खाएर सखाफ पार्दैछन् ।” उनले भनिन्, “तरकारी बचाउन रातभरि जागाराम बस्नुपर्ने अवस्था छ ।” तरकारी बिक्रीबाट दैनिक रु ९०० देखि एक हजार २०० सम्म कमाइ हुने गरेको उनको भनाइ छ ।

पाँच कट्ठा जमीनमा तरकारी गरिरहनुभएकी चौधरीले तरकारी उत्पादन गर्ने महिलाले कहीँबाट प्रोत्साहन नभएको बताइन् । “गत वर्ष भन्टा बेचेर मात्रै रु ६० हजार आम्दानी गरेँ ।” उनले भनिन्, “तरकारीको कमाइले धेरै नभए पनि घर खर्च चलेको छ ।”कञ्चनपुरका ग्रामीण भेगमा पछिल्लो समय तरकारी उत्पादन गर्ने किसानको सङ्ख्या बढ्दै गइरहेको छ । जसका कारण भारतीय तरकारीको आयात यहाँ घट्दै गइरहेको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments