Wednesday, September 22, 2021
घरTrendingभूपू गोर्खा सैनिकका समस्या सम्बोधन गर्न पहल गरिने

भूपू गोर्खा सैनिकका समस्या सम्बोधन गर्न पहल गरिने

काठमाडौँ : प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकका समस्या सम्बोधन गर्न नेपाल सरकारका सम्बन्धित मन्त्रालयसँग छलफल गर्ने भएको छ । समितिको सोमवार बसेको बैठकमा समिति सभापति पवित्रा निरौला (खरेल)ले भूपू ब्रिटिस गोर्खाका समस्या गम्भीर भएकाले तत्काल सम्बोधनका लागि परराष्ट्र र रक्षा मन्त्रालयसँग छलफल गर्ने बताउनुभयो । बैठकमा समिति सदस्य रहनुभएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भूपूब्रिटिस गोर्खाको सङ्घर्ष राष्ट्रियता, न्याय र समानताका लागि भएको बताउँदै यस सम्बन्धमा परराष्ट्र मन्त्रालयसँग छुट्टै छलफल गर्नुपर्ने बताएका छन् ।

समिति सदस्य एवं पूर्वरक्षामन्त्री भीमबहादुर रावलले भूपूब्रिटिस गोर्खाका समस्या सम्बोधन गर्ने सम्बन्धमा नेपाल सरकारले विज्ञसहितको वार्ता टोली बनाएर तुरुन्त संयुक्त अधिराज्यसँग वार्ता गर्नुपर्ने सुझाव दिए । साथै उनले भूपू ब्रिटिस गोर्खाका समस्या यथावत् रहेको अवस्थामा ब्रिटिस गोर्खा सैनिकमा नेपाली महिलाको भर्ती शुरुआत भएकोप्रति आपत्ति प्रकट गरे।

बैठकमा समिति सदस्य सुजिता शाक्य, सुदन किराँती, दिव्यमणि राजभण्डारी, दीपकप्रकाश भट्ट, नारदमुनी राना, रेनुका गुरुङ, सरलाकुमारी यादव र बोधमाया कुमारी यादवले विगत २०० वर्षदेखि ब्रिटिस गोर्खामा कार्यरत नेपालीलाई बेलायतले शोषण गरिहेको भन्दै समस्या सम्बोधन गर्न नेपाल सरकार गम्भीर भएर लाग्नुपर्ने बताए । बैठकमा भूतपूर्वसैनिक सङ्घ (गेसो)का सभापति कृष्णकुमार राई, संयुक्त सत्याग्रह सङ्घर्ष समितिका संयोजक कृष्णबहादुर राई र पूर्वमहान्याधिवक्ता डा युवराज सङ्ग्रौलाले ब्रिटिस गोर्खा सैनिकले भोग्दै आएका समस्याका बारेमा अवगत गराउँदै न्यायका लागि समिति र सरकारका तर्फबाट पहल गर्न आग्रह गरेका छन्।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments