Tuesday, July 27, 2021
घरBanner Newsपाँच किलो चरेशसहित एक महिला पक्राउ

पाँच किलो चरेशसहित एक महिला पक्राउ

 

रोल्पा, : रोल्पा प्रहरीले पाँच किलो चरेश बरामद गरेको छ । सुनछहरि गाउँपालिका फुलिवनबाट सुलिचौर आउँदै गरेको रा१ज ६८९ नम्बरको जिप जाँच गर्ने क्रममा लुकाइछिपाइ जिपबाट ढुवानी गर्न लागिएको उक्त चरेश बरामद गरिएको हो । चरेशसँगै रोल्पा थबाङ गाउँपालिका– ५ उवाकी ५५ वर्षीया वरमाया पुनलाई प्रहरीले पक्राउ गरी नुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

रोल्पा जिल्ला अदालतबाट अनुसन्धानका लागि १० दिनको म्याद थप गराइएको प्रहरी नायब उपरीक्षक दीपक खड्काले  वताए । प्रहरीले पटकपटक ठूलो परिमाणमा चरेश पक्राउ गर्दै आए पनि यसको ओसारपसारमा रोकथाम हुन सकेको छैन । चरेश ओसारपसारमा प्रायः अर्धवैशे महिला र बालबालिका प्रयोग गर्ने गरिएको पाइएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments