Monday, June 14, 2021
घरBanner Newsअपरिचित व्यक्तिको कुटाइबाट वृद्धको मृत्यु

अपरिचित व्यक्तिको कुटाइबाट वृद्धको मृत्यु

बैतडी, : अपरिचित व्यक्तिको कुटाइबाट गए राति बैतडीमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सिगास गाउँपालिका–९ श्रीभावरका ६० वर्षीय जसु बोहरा रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी  दिए । गए राति १ बजे अपरिचित व्यक्ति घरमा प्रवेश गरी मृतक जसु र उनकी २१ वर्षीया बुहारी लक्ष्मी बोहरालाई कुटपिट गरेका थिए । कुटपिटबाट लक्ष्मी घाइते भएकी छन् । अहिले प्रहरीको टोली घटनास्थलतर्फ खटिएको छ । घटनास्थल बैतडी र बझाङको सीमा नजिक पर्दछ । घटनाको पूर्ण विवरण आउन बाँकी रहेको छ ।
–––

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments