मेक्सिको सिटी,: मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुएल लोपेज ओब्राडोरले आफ्नो तलबको एक तिहाई रकम राज्यकोषमा फिर्ता गरेका छन् । उहाँले यही डिसेम्बर १ तारिखबाट लागू हुनेगरी राज्यकोषबाट आफूले प्राप्त गर्ने तलबको एक तिहाई फिर्ता गर्न थाल्नुभएको समाचारमा जनाइएको छ । उहाँले अघिल्लो दुई हप्ताको २९ प्रतिशत तलब फिर्ता गर्नु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
एक पत्रकार सम्मेलनमा उहाँले अब आफ्नो मासिक तलब पाँच हजार ३७३ डलर पुगेको र त्यसलाई मितव्ययी भई सदुपयोग गर्ने योजना बनाएको जानकारी दिए । मैले फिर्ता गर्ने भनेको रकम राज्यकोषमा फिर्ता गरिसकेको छु,” लोपेजले पत्रकारहरुसँग भने ।
उहाँले सर्वोच्च अदालतका न्यायाधीशसहित सार्वजनिक सेवामा रहेका अन्य उच्च पदाधिकारीलाई पनि आफ्नो तलब सामाजिक सेवामा लगाउन आह्वान गरेका छन् । देशको ठूलो कर्मचारीतन्त्रका विषयमा जनताले प्रश्न उठाएकाले त्यसलाई न्यूनीकरण गर्न आवश्यक रहेको पनि उहाँले बताए ।