Tuesday, September 21, 2021
घरBanner Newsदुर्घटना न्यूनीकरणका लागि पोखराका आइल्याण्ड हटाइयो

दुर्घटना न्यूनीकरणका लागि पोखराका आइल्याण्ड हटाइयो

 

पोखरा, : बढ्दो सहरीकरणका कारण ट्राफिक व्यवस्थापनमा कठिनाई पर्नुका साथै सम्भावित दुर्घटना न्यूनीकरणका लागि पोखराका मुख्यचोकका आइल्याण्ड हटाउन थालिएको छ ।

पोखरा महानगरपालिकाले सञ्चालन गरेको अभियान अन्तर्गत मुस्ताङचोकमा रहेको आइल्याण्ड आज हटाइएको महानगरका प्रवक्ता गङ्गालाल सुवेदीले जानकारी दिए। आज बिहानै स्थानीय जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी र सुरक्षाकर्मीसहितको उपस्थितिमा दुईवटा डोजरमार्फत आइल्याण्ड भत्काइएको हो ।

पोखरा विमानस्थलको नजिकै रहेको आइल्याण्डमा नेपाल क्युनिष्ट पार्टीका नेता स्वर्गीय चित्रबहादुर गुरुङको अर्धकदको सालिक छ । आइल्याण्डलाई सानो बनाएर स्व गुरुङको सालिक सोही स्थानमा राखिने प्रवक्ता सुवेदीले बताए।आइल्याण्ड परिसरमा रहेका सिसौका रुख समेत हटाइनाका साथै पृथ्वीचोक, बिरौटाचोक, जिरो किलोमिटर, अमरसिंहचोक, वीरेन्द्रचोकका आइल्याण्ड यसअघि नै साघुँरो बनाइ सडक फराकिलो बनाइएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments