काठमाडौं: विधान संशोधनको प्रस्तावलाई अन्तिमरुप दिन नेताहरु बिचमा विवाद भए पछि नेपाली कांग्रेसको महासमिति बैठक स्थगित भएको छ ।उपसभापति विमलेन्द्र निधि संयोजकको कार्यदलले विधानका विषयमा मोटामोटी सहमति जुटाएपछि त्यसलाई अन्तिम रुप दिन केन्द्रीय कार्यसमितिको बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बसिरहेको छ ।
पार्टीका सभापतिसहितका पदाधिकारी उपस्थित नहुने भएपछि महासमितिको बैठक विवाद आए पछि स्थगित भएको स्रोतले जनाकारी दिएको छ । संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडल दुवै पक्ष पदाधिकारी संख्या पाँचबाट बढाएर आठ पुर्याउन सहमत भए पनि निर्वाचित वा मनोनित के गर्ने भन्ने विषयमा सहमित भइ नसकेको महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।
एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, दुई सहमहामन्त्री र एक कोषअध्यक्ष राख्ने सहमति भएको छ । त्यस्तै विधानमा संक्रमणकालीन अधिकारी र संशोधित विधान कहिलेदेखि लागू हुने भन्ने विषयमा पनि सहमति जट्न बाँकी रहेकाले त्यसलाई टुंग्याएर सोमबार नै विधान संशोधननको प्रतिवेन पेश गर्ने तयारी भइरहेको छ ।