Wednesday, October 27, 2021
घरBanner Newsसमृद्ध नेपाल र सुखी नेपालीको सपना अब कांग्रेसले साकार पार्छ : बरिष्ठ...

समृद्ध नेपाल र सुखी नेपालीको सपना अब कांग्रेसले साकार पार्छ : बरिष्ठ नेता पौडेल

काठमाडौँ : नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नयाँ शोषकबर्ग अहिले सत्ता पुगेका बताएका छन् । महासमितिको उद्घाटन सत्रमा बरिष्ठ नेता पाैडेलले जनतालार्इ झुटो आश्वासन बाँडेर बनेको दुर्इ तिहाइ सरकारले केही गर्न नसकेको बताए ।

नेपाली काँग्रेस बलियो र एक नभए सम्म याे मुलुक बन्न सक्दैन भन्दै पार्टीभित्र साझेदारीकाे भावना भए मात्र यसले समझदारी र एकताकाे भावना उजागर गर्ने बताए ।उनले नेताहरूकाे व्यवहार र अाचरणमा पनि सुधार गर्नु पर्ने अावश्यकता अाैल्याए ।

‘समृद्ध नेपाल सुखी नेपाली’काे सपनालार्इ साकार गर्नका लागि नेपाली जनताले काँग्रेसलार्इ पर्खेकाे पाैडेलले बताए । त्यसकाे सम्पूर्ण भिजन नेपाली कांग्रेससँग भएकाे दावी गर्दै अब कांग्रेसले नै सफल पार्ने बताए ।

पाैडेलले भने, मैले कहिले पनि पार्टीलार्इ जाेखिममा राखेर अाफ्नाे स्वार्थ पूरा हुने काम गरेकाे छैन ।अाफू पहिले देखि नै पार्टी एकताकाे पक्षमा रहेकाे र त्याे एकता सच्चा हुनु पर्ने बताए ।नेपाली कांग्रेसकाे प्रभाव बढ्ने र छवी राम्राे हुने एकता हुनु पर्ने बताए ।विपिले भन्नु भएकाे समाजबाद भनेकाे याे हाे भनेर जनतालार्इ बुझाउन पर्नेमा समेत जाेड दिए । नेता पाैडेलले कांग्रेसले विपिकाे बाटाे कहिले नछाेडेकाे र उहाँकाे सपनालार्इ साकार पारेकाे दावी गरे ।विपिले तल्लाे तहका जनतालार्इ हेर भन्ने गर्नु भएकाे स्मरण गर्दै पाैडेलले तिनै जनताकाे लागि कांग्रेसकै सरकारले संविधान जारी भएकाे बताए ।

सुशासनकाे लागि याे देशमा पहिले प्रधानमन्त्री नै सुध्रनु पर्ने बताए । बर्तमान सरकार गठन भएदेखि नै भ्रष्टाचार चरम रूपमा बढेकाे बताउँदै वाइड वडी विमान खरिद प्रकरण र सुन काण्ड बारेमा भर्इ रहेका अनुसन्धानप्रति सरकारकाे ध्यानाकर्षण गराए।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments